१५ माघ, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्