ग्लोबल आईएमई बैंकको विशेष मुद्दती ‘मेरी उनीलाई’

६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिने

| २०७८ फागुन ३ गतेमा प्रकाशित

काठमाण्डौँ, फाल्गुन ३

ग्लोबल आईएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सबल बनाउन उत्कृष्ट सुविधासहितको महिला मुद्दती खाता ‘मेरी उनीलाई’ योजना ल्याएको छ । यस योजनामार्फत महिलाहरुको नाममा खाता खोलिदिएर उनीहरुलाई बचतप्रति अभ्यस्त गराउन, राम्रो प्रतिफल दिन र आर्थिक रुपमा महिलाहरुलाई सक्षम र सबल बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ ।

यो योजनाको खाता ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिने छ । महिलाहरुको बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यस योजनामा आवस्यकताअनुसार पटक पटक रकम थप गर्न पनि सकिने छ । बैंकले यो खातामा निशुल्क डेबिट कार्ड, लकरमा शत प्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा तथा दश लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्दा प्रिभिलेज कार्ड उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट