अस्पताल र विद्यालयमा ५० प्रतिशत इन्टरनेट सहुलियत दिने

| २०७९ जेठ १० गतेमा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ।व। २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ग्रामिण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने बताएकी हुन् ।

उनले आगामी वर्ष सातै प्रदेशका कम्तिमा १ सय माध्यमिक तहका सामुदायिक विद्यालयहरुमा छानिएका विषयहरुमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गर्ने पनि बताइन् । राष्ट्रपति भण्डारीले दुर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा उपलब्ध गराउन आवश्यक प्रविधिको व्यवस्था गरिने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्