काठमाडौं- सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।
यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिरर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्