नुवाकोटका पण्डितसहित प्रहरीका ४८ एसपीको सरुवा

| २०८० भदौ १६ गतेमा प्रकाशित

काठमाडौँ- नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत एसपी रमेश पण्डितको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा भएको छ । एसपी पण्डिको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान महाशाखा महाराजगंज काठमाण्डौँमा कार्यरत एसपी संजय सिंह थापा गएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ । दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्