सरकारले उद्योगको भाडा वृद्धि फिर्ता नगरेको भन्दै महासंघले गर्यो विरोध प्रदर्शन

| २०७९ मंसिर २५ गतेमा प्रकाशित

काठमाण्डौं- सरकारले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगको भाडा वृद्धि फिर्ता नगरेको भन्दै तीन बुदे माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध प्रदर्शन गरेको छ । आज (आइतवार) बालाजु औद्योगिक क्षेत्रमा कालो ब्यानर र झण्डा राखि बिरोध जनाएको हो ।

देशका १० वटै औद्योगिक क्षेत्रमा आज एक साथ विरोध प्रदर्शन गर्नुका साथै महाप्रबन्धकको कार्यकक्षमा एक दिने तालाबन्दी गरेको महासंघका प्रवक्ता देवराज तामाङले बताए । असमान, अन्यायकारी तथा विभेदकारी भाडा वृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर कायम गर भन्ने तीन बुदे माग सहितको कालो ब्यानर र कालो झण्डा मार्फत महासंघका अध्यक्ष रामहिरा पाठकको नेतृत्वमा विरोध प्रदर्शन गरीएको प्रवक्ता तामाङले बताए ।

सरकारले एकै औद्योगिक क्षेत्रमा राज्यलाई समान कर तिरेका सबै उद्योगले समान सेवा सुविधा पाउनु पर्ने र सबै खालका उद्योगमा एकै समानले भाडा दर कायम गर्नु पर्ने माग महासंघको रहेको प्रवक्ता तामाङले बताए । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भए पश्चात भाडावृद्धिको मापदण्ड बनाएर प्रत्येक ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियम विपरित २०७२ र ०७४ सालमा १५/१५ प्रतिशतका दरले गर्ने र २०७२ सालमा एकै पटक ७०० प्रतिशत सम्म वृद्धि गर्ने कार्य भए पश्चात त्यसको विरुद्धमा महासंघले निरन्तर बिरोध गर्दा समेत भाडा वृद्धि फिर्ता नगरेकोले आफूहरु बिरोध प्रदर्शनमा उत्रिनु परेको उनले बताए । साथै माग सम्बोधन नभए चरणवद्ध रुपमा बिरोध जनाई रहने प्रवक्ता तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट