बाल यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

| २०८१ माघ ९ गतेमा प्रकाशित

काठमाडौं- नवलपुरको कावासोतीमा बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका– ८ स्याउली बस्ने २८ वर्षका वीरबहादुर केसीले ट्युसन पढाउने क्रममा बालकलाई दुर्व्यवहार गरेको आरोप छ। केसीविरुद्ध किटानी जाहेरी परेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

पक्राउ परेका ढकाललाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट