ढकारी घटना स् किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विज्ञ प्रहरी अछाम आउँदै

| २०८१ माघ १५ गतेमा प्रकाशित

अछाम — ढकारी गाउँपालिकाका(८ ढकारीका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ुशंकास्पदु मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ


किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए ।

ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दुरीमा रहेको थियो । घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्