अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ असोज १ गतेमा प्रकाशित

केरिना शाक्य/काठमाण्डौं- तारकेश्वर नगरपालिका वडा नं १० नेपालटारमा रहेको ग्रामीण आर्दश बहुमुखि क्याम्पसमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वि.ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीद्धारा आयोजित व्यवहारिक शिक्षा आजको आवश्यकता विषयमा अन्तरक्रिया भएको हो ।

वि.ए. प्रथम, दोस्रो र तेस्रो वर्षमा पत्रकारिता र समाजशास्त्र विषय अध्ययनरत विद्यार्थी, विषय शिक्षक र क्याम्पस प्रशासन विच भएक अन्तरक्रियामा सैद्धान्तिक संगै व्यवहारिक शिक्षामा पनि क्यापसले विशेष जोड दिनुपर्ने विद्यार्थीहरुको माग रहेको थियो । साथै क्याम्पसमा रहेका विविध समस्याहरुमा केन्द्रित भएर सहभागि विद्यार्थीले क्याम्पस प्रशासनलाई प्रश्न गरेका थिए ।

gramin-3-PGZdsZ7o5ur8ZB5WA36hlO9u3ZrBRdIiDMulx3O8.jpg

क्याम्पसका सहायक प्रमुखद्धय सन्तोष पण्डित र रुद्र निरौलाले विद्यार्थीहरुको प्रश्नलाई सम्बोधन गर्दै प्रशासनमा रहेका समस्याहरु तत्काल समाधान गर्ने र यस्ता अन्तरक्रिया कार्यक्रमबाट नै समस्याहरु थाहाँ हुने भएकाले आगामी समयमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । समाजशास्त्र र पत्रकारिता विभागका प्रमुख नरेश्वर पौडेलले विषयगत शिक्षामा सुधार गर्दै विद्यार्थीका चाहनाहरुलाई पनि समेट्दै अघि बढ्ने बताए ।

कार्यक्रममा विषयगत शिक्षकहरुमा समाजशास्त्र तर्फ विष्णु पोखरेल र श्याम देवकोटा पत्रकारिता तर्फ डा. श्रीराम खनाल र दिनेश लामिछानेले आफ्नो विषयमा विद्यार्थीहरुले राखेका प्रश्नको जवाफ दिएका थिए ।

gramin-q71kFGsXE1QsokLnYb9IxxhZPfbGKn3U7RjOhpxh.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट