हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा !

| २०८० मंसिर ५ गतेमा प्रकाशित

 रुपन्देही- गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको  छ । मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदैआएकोमा यस वर्ष पनि  मङ्सिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

सो दिन रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट