नुवाकोटमा टाइफाइड खोप अभियान ४ गतेबाट सुरु हुने

| २०७८ चैत २९ गतेमा प्रकाशित

नुवाकोट, चैत्र २९
नुवाकोटमा वैशाख ४ गते देखि राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत टाइफाइड रोग विद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप अभियान सुरु हुने भएको छ । उक्त अभियान ४ गते देखि ८ गते सम्म संञ्चालन गरिने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

मंगलबार स्वास्थ्य कार्यालयद्धारा आयोजित पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोट जिल्लाका १५ महिना देखि १५ वर्षसम्मका ७५ हजार बालबालिकालाई खोप लगाईने बताए । जिल्लामा ४२९ वटा खोप केन्द्र बाट बालबालिकालाई खोप लगाइने छ । साथै खोप अभियानको लागि ८९८ जना स्वयंसेवक खटाईने छ ।

खोप अभियानको लागि १२ वटै स्थानीय तहमा केन्द्रहरु तोकिएको छ । विदुर नगरपालिकामा ६८, बेलकोटगढीमा ६५, दुप्चेश्वर गाउँपालिकामा ३५, म्यागङमा २४, किस्पाङमा २४, तारकेश्वरमा १५ खोप केन्द्र तोकिएको छ । शिवपुरीमा ४९, पञ्चकन्यामा १९, लिखुमा २४, तादीमा २९, सुर्यगढीमा २३ र ककनीमा ५१ खोप केन्द्रहरु तोकिएको छ ।

अभियान अन्र्तगत रहेर ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको प्रमुख अधिकारीले बताए । साथै खोप अभियान नियमित रुपमा जेठ महिनाबाट संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट