पल शाह प्रकरण :नाबालिकाले फेरिन् बयान

| २०७९ बैशाख ४ गतेमा प्रकाशित

काठमाडौँ । पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।                    

थुनछेकपछि अदालतले गराइरहेको बकपत्रका क्रममा नाबालिगले बयान फेरेकी हुन् । जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेको स्रोतले बताएको छ ।

नाबालिगले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बकपत्र गरेकी छन् ।

पलविरुद्ध नाबालिगले तनहुँ र नवलपुर अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट