९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

| २०७९ बैशाख १३ गतेमा प्रकाशित

बैसाख १३, काठमाडौं

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विं सं १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रहने जनाइएको छ

 

सो कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य र राजेन्द्र चित्रकार, वर्तमान अध्यक्ष प्रदीपराज वन्तले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट