रेष्टुरेन्टमा युवती बलात्कृत, वेटर पक्राउ

| २०७९ जेठ २४ गतेमा प्रकाशित

काठमाडौँ- हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । 

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । घटना चार दिनअघिको हो ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो । फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्क’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट