पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

| २०७९ असार २३ गतेमा प्रकाशित

काठमाडौं- पर्वतको कुश्मा नगरपालिका–१ माल्ढुङगास्थित बेनी मालढुङगा सडक खण्डमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुङ्गा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ । 

नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट