सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

| २०७९ भदौ २३ गतेमा प्रकाशित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक १७ बर्षीया नाबालिका किशोरीले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको छ ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज (जमैका) मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट