मङ्गलवार देशभर सार्वजनिक बिदा

| २०७९ असोज ३१ गतेमा प्रकाशित

काठमाडौँ- सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताए । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भने ।

‘मन्त्रालयले सार्वजनिक बिदाबारे एक सूचनासमेत प्रकाशित गरेको छ । संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट