बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नुवाकोट सहभागी

| २०७९ माघ ४ गतेमा प्रकाशित

नुवाकोट- नेपाल खेलकुद महासंघ को आयोजनामा रामेछापको मन्थलिमा माघ ४ गते देखि हुन गैईरहेको 'बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता' मा नुवाकोट सहभागी हुने भएको छ।

नुवाकोटबाट सहभागी हुने खेलाडीहरुलाई शुभकामना तथा बिदाई नेपाल खेलकुद महासंघ नुवाकोट ईन्चार्ज कमल श्रेष्ठ , नेपाल खेलकुद महासंघ निबर्तमान उपमहासचिव, कार्यालय प्रमुख रामकृष्ण खड्का तथा नेपाल भलिबल संघ नुवाकोटको सदस्य सुरेन्द्र श्रेष्ठले शुभकामना तथा बिदाई गर्नु भएको हो।

यस प्रतियोगितामा बिजेता हुने टिमले रु २ लाख, द्दितिय ,तृतीय र सान्त्वना हुनेलाई क्रमश रु १ लाख , ५० हजार र ३० हजार ट्रफी ,शिल्ड(मेडल ,प्रमाणपत्र प्रदान गरिनेछ, खेल जिल्ला समन्वय समिति रामेछाप को खेलमैदान हुनेछ। खेल माघ ७ गते सम्म जारी रहने छ ।

उक्त प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाहरु सहभागीता रहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट