यस्तो छ आजको मौसम पूर्वानुमान

| २०८० बैशाख २३ गतेमा प्रकाशित

काठमाण्डौं- बागमतीसहित तीन वटा प्रदेशमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा केहीबेर हल्का वर्षा हुन सक्छ । 

सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका बाँकी भूभागको मौसम सफा नै रहने छ । 

राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) कोशी, गण्डकी र सदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पानी चट्याङसहित हल्का पानी पर्ने पूर्वानुमान छ । ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम समान्यतया सफा रहने छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ । 

यसैबीच महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सन्देशसमेत जारी गरेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आकाश गडगडाउँदै चट्याङसहित पार्न पर्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुन सक्ने र सम्भावित जोगिम, क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट