यस्तो छ आजको मौसम पूर्वानुमान

| २०८० जेठ ४ गतेमा प्रकाशित

काठमाडौँ- पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट