नवलपरासीको तस्करीमा किन मौन छ शसस्त्र प्रहरी !

| २०८० असोज ७ गतेमा प्रकाशित

नवलपरासी- नवलपरासीको भुजहवा ,बसहिया तथा बानकट्टी क्षेत्रबाट शसस्त्र प्रहरीकै मिलेमत्तोमा ठूलो मात्रामा चामल तस्करी भैरहेको स्रोत बताउँछन । दश गजामै यसरी तस्करी मौलाएपछि नेपाली चामल तथा खाद्य व्यापारीहरु भने चिन्तामा परेका छन् । सुरक्षा श्रोतका अनुसार बानकट्टी ,बसहिया र भजहवामा चामल तस्करी गर्ने गरेका छन् ।

उनीहरुले सीमा क्षेत्रबाट भारतीय चामल ल्याउने र त्यसलाई नेपालमा गोदाम गर्ने गर्दछन् । सीमा क्षेत्रको गाँउ भुजहवा , बानकट्टी र बसहियामा ,घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी परासी , बर्दघाट बुटवल, भैरहवा तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ ।

यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा-गौडामा तैनाथ सशस्त्रको फौज आफैँ तस्करसँग मिलेमतोमा चामल छिराउन लागेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् । यता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा एसपी काजी कुमार आचार्य सरूवा भएसंगै यहाँको तस्करी धन्दा ठप्प रोकिएला भन्ने विश्वास गरिएको थियो । तर ठप्प नभएपनि तस्करी कम भएको देखिएको छ एक ब्यापरीले बताए ।

एसपी काजी कुमार आचार्यलाई प्रहरी संगठनको ईमान्दर र विश्वासिलो एसपीको रुपमा गन्ने गरिन्छन त्यही करणले होला एक सय दिनको अन्तरालमा २ करोड भन्दा माथि अवैध समान बरामद गरि राजश्व उठाएको छ । नवलपरासीमा तस्करी नरोकिनुको पछाडी सशस्त्र प्रहरी एसपी हात देखिन्छ सिमामा सशस्त्र प्रहरी चाहनेको भने केहि छिर्दैन सिमा सुरक्षा सशस्त्र प्रहरीको नाम मात्र छ ।  ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले मिति २०८०।०६।०५ गते राति ११ः३० बजेको समयमा नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला/चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान र सवारी चालक सहित प्रहरीले नियन्त्रणमा लियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट