भोलि र पर्सि वर्षाको सम्भावना !

| २०८० असोज २८ गतेमा प्रकाशित

काठमाण्डौ- देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आज केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताइन् ।

भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् । उनका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने मौसमविद् मानन्धरले बताइन । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।

दशैँको फूलपाती अघि नै धान भित्र्याउने तयारीमा किसान छन् । बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न मौसमविद् मानन्धरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट