एकैदिन भूकम्पको ५ धक्का !

| २०८० कार्तिक ५ गतेमा प्रकाशित

काठमाण्डौं- धादिङमा आज (आइतबार) एकैदिन पाँचौँपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक अपराह्न ४ बजे ३ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि धादिङ केन्द्रबिन्दु भएर चारपटक भूकम्प गइसकेको छ।

सुरुमा बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।

यस्तै बिहान ८ बजेर ८ मिनेट जाँदा खरी नजिक क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। फेरि यसको २० मिनेटपछि अर्थात् बिहान ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गयो भने ५१ मिनेटपछि अर्थात् बिहान ८ बजे ५९ मिनेट जाँदा खरी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।

भूकम्पविद्का अनुसार सुरुमा गएको ६.१ म्याग्निच्युडको धक्का २०७२ सालमा गएको महाभूकम्पको परकम्प हो भने त्यसपछिका धक्का ६.१ म्याग्निच्युडको परकम्प हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट