नुवाकोटका एक युवा शिवपुरी निकुञ्ज नजिकै जलेर घाइते !

| २०८० फागुन १८ गतेमा प्रकाशित

काठमाडौँ- शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज नजिकै एक युवक जलेर घाइते भएका छन् ।

शुक्रबार दिउँसो टोखा र तारकेश्वर नगरपालिकाको सीमा क्षेत्रमा नुवाकोट लिखु गाउँपालिका ३ सूर्यमतिका अन्दाजी ३० वर्षीय विकल्प खड्काले शरीरमा आगो लगाएका थिए । जलेर घाइते भएका उनलाई काठमाडौं प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी अस्पताल ल्याएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । खड्काको अनुहार र शरीरका विभिन्न भाग जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट