तादी खोलामा डुबेर २ जनाको मृत्यु

| २०८१ जेठ १२ गतेमा प्रकाशित

नुवाकोट- शनिबार तादी खोलामा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर  मृत्युु हुनेमा  ककनी गाउँपालिका वडा नम्बर ४ का १८ बर्षिय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० का १९ बर्षिय रोजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । मृतकहरुको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुलिमा राखिएको छ ।

बेहोस अबस्थामा प्रहरिले उद्दार गरि त्रिशूली अस्पताल उपचारका लागि पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट