नुवाकोटमा जग्गा विवादका कारण भाइले गरे दाइको हत्या !

| २०८१ जेठ १५ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमबार बेलुका सामान्य जग्गा विवादका कारण आफ्नै भाइले खुकुरी प्रहार गरि दाजुको हत्या गरेका छन ।

७२ बर्षिय खमसिङ तामाङलाइ आफ्नै भाइ सिंहबहादुर तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । दाजुभाइको जग्गा बिबादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

दाइको हत्या गर्ने सिंहबहादुरलाइ प्रहरीले सोमबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट