काठमाडौं- नुवाकोटका एक युवक तीस हजार अमेरिकी डलरसहित आईतवार रसुवाको टिमुरेबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ककनी- २ पैरेबेशी बस्ने ३३ वर्षिय समिर सुनार रहेको प्रहरीले जनाएको छ।
रसुवाको गोसाईकुण्ड गाउँपालिकालिका- २ रसुवागढी स्थित टिमुरेबाट रसुवागढीतर्फ गइरहेका उनलाई हिंडीरहेको अवस्थामा पक्राउ गरिएको हो।
रसुवागढी नाका तर्फ हिंडीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्