नुवाकोटको एकसहित १२ जना प्रहरी सम्पर्कविहीन !

| २०८१ कार्तिक ११ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटमा कार्यरत एक प्रहरी जवानसहित १२ जना प्रहरी सम्पर्क बिहिन भएका छन् । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको भन्दै सूचना निकालेको छ ।

विभिन्न मितिदेखि उनीहरू आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै कार्यालयले ७ दिने सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो ।

कार्यालयले आइतबार जारी गरेको सूचनामा स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाउने कारबाही हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्