नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने निर्वाचित

| २०८१ मंसिर १७ गतेमा प्रकाशित

काठमाडौं- जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् ।

लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् ।

यहाँ एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्