नुवाकोट- नुवाकोटको ककनी गाउँपालिकाले स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु गरेको छ । विदेश जाने श्रमिकहरुलाई सहज हुनेगरी ककनी गाउँपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिन थालेको हो ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धी सहजीकरण कार्यको औपचारिक रुपले मंगलबारदेखि सुरुवात गरिएको गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जनले जानकारी दिए । साथै उनले श्रम स्वीकृतिका लागि ककनी गाउँपालिकाको रोजगार केन्द्रमा सम्पर्क गरी लाभ लिन समेत स्थानीयवासीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्