बाँकेमा औलोका रोगी बढ्दै

| २०७८ फागुन ३ गतेमा प्रकाशित

काठमाण्डौँ, फाल्गुन ३

भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्लामा औलो रोगको जोखिम बढेको छ। औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो।

उनका अनुसार गत डिसेम्बर महिनामा मात्रै जिल्लामा ४५ जनामा औलो पहिचान भएको थियो। त्यसमा सबैभन्दा धेरै नरैनापुरका मात्रै ४० जना छन्। नेपालगञ्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एकजना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ। औलो लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट