काठमाण्डौँ, फागुन १४ स्थानिय तहको ५ वर्ष पुरा हुनै लाग्दा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैनन्।
रुविभ्यालीमा बैंक अफ काठमाडौं, जुनीचाँदेमा कृषि विकास बैंक र साईपालमा एभरेस्ट बैंकले शाखा खोल्ने जिम्मा पाएका थिए। यी बैंकले सडक, विद्युत्, इन्टरनेट टेलिफोनजस्ता सञ्चार साधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न नसकेको जवाफ राष्ट्र बैंकलाई दिएका छन्।
सम्पूर्ण आर्थिक कारोबार बैकं मार्फत नै गर्नु पर्ने भएता पनि बैकंको पहुँच पुग्न नसक्दा विकासका योजना सञ्चालन गर्नै कठिनाई भएको पालिका प्रमुखहरुको गुनासो रहेको छ । दुर्गम स्थानीय तहमा बैंकलाई आवश्यक पर्ने स्रोतसाधनको अभावले शाखा विस्तार गर्न नसकेको बैकंका संचालकहरु बताउदै आएका छन् । त्यसको प्रत्यक्ष मारमा स्थानिय र सिङ्गो स्थानिय सरकार नै परेको छ ।
प्रतिक्रिया दिनुहोस्