राप्रपा चन्द्रागिरि ९ ईकाई र क्षेत्र नं १० प्रदेश ख को कार्यालय उद्घाटन

| २०७८ फागुन २७ गतेमा प्रकाशित

काठमाण्डौँ, फागुन २७
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका ९ ईकाई र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख को कार्यालय उद्घाटन भएको छ । शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले उक्त पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

सोहि कार्यक्रमको अवसरमा एक सय भन्दा बढीले पार्टी प्रवेश समेत गरेका छन् । चन्द्रागिरि नगरपालिका ९ ईकाई अध्यक्ष सुरेन्द्र देसारको  सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रवेशमा आएको लहरले उत्साह छाएको बताए । पार्टी प्रति हरेक पुस्ताको आर्कषण बढ्दै गएको र पार्टीले आफ्नो लक्ष्य प्राप्तीको बाटोमा अगाडी बढिरहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले अब भ्रष्ट्रहरुको दिन धेरै नरहेको बताएका छन् । आफू र आफ्नो पार्टी नितान्त भ्रष्ट्रचार विरुद्ध रहेको र राप्रपाले आगामी दिनमा त्यस्ता भ्रष्ट्रहरुलाई सत्ताबाट हटाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट