स्थानिय निर्वाचन सरगर्मी : बेलकोटगढीमा कांग्रेसबाट प्रतापसिंह लामा र्निबिकल्प

लामा संविधान सभा निर्वाचन २०६४ र २०७० मा समानुपातिक तर्फको संविधान सभा सदस्यको लागि सुचिकृत भएका थिए ।

| २०७८ चैत ८ गतेमा प्रकाशित

काठमाण्डौ, चैत्र ८
आगामी वैशाख ३० गते देशभर एक साथ हुन गईरहेको स्थानिय तहको निर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन नजिकिए संगै हरेक पार्टीका नेता तथा कार्यकर्ताहरु टिकटका लागि आ आफ्नै तरिकाबाट दौडधुपमा देखिन्छ । सोहि सन्र्दभमा नुवाकोटको चुनावि माहोल पनि दिनप्रतिदिन गर्मिदै गएको छ ।


दुई नगरपालिका र दश गाउँपालिका सहित बाह« स्थानिय तह रहेको नुवाकोटमा आगामी निर्वाचनमा हाल रहदै आएका अधिकांश जनप्रतिनिधिहरु आफ्नो पक्षबाट दोहोरिने चाह राख्दै आएका छन् भने केहि पार्टीको निर्णय पर्खदै छन् । भने केहि नयाँ आउने सम्भावना पनि रहेको छ ।


निर्वाचन नजिकिए संगै नुवाकोटको अन्य स्थानिय तह मध्ये विदुर र बेलकोटगढी नगरपालिकामा सबैको ध्यान तानिएको छ । कुन पार्टीको कस्ले चुनाव टिकट पाउछ भन्ने कुरा नै सबैको चासोको विषय बनेको छ । नुवाकोटको कान्छो र ग्रामिण नगरपालिकाको रुपमा परिचित बेलकोटगढीको मेयरमा कांग्रेसको तर्फबाट प्रताप सिंह लामाको चर्चा चलेको छ । लामा आगामी चुनावमा कांग्रेसको तर्फबाट बेलकोटगढीमा र्निबिकल्प उम्मेदवार हुने कुरा पार्टी भित्र चर्चा परिचर्चा सुरु भएको एक स्थानिय नेताले बताए ।


को हुन त प्रतापसिंह लामा
बेलकोटगढी नगरपालिका वडा नं ९ स्थायी घर भएका लामा नेपाली कांग्रेसका पुराना तथा त्यागी नेता हुन् । वि.सं. २०४६ सालको जनआन्दोलन भन्दा अघि देखि नै कांग्रेसमा संक्रिय लामा तरुण दल नुवाकोटको संस्थापक सदस्य, ३ कार्यकाल नेपाली कांग्रेस नुवाकोटको जिल्ला कार्यसमिति सदस्य, दुई कार्यकाल महासमिति सदस्यको भूमिकामा रहि पार्टीलाई अनवरत सेवा गरेका छन् । त्यस्तै लामा संविधान सभा निर्वाचन २०६४ र २०७० मा समानुपातिक तर्फको संविधान सभा सदस्यको लागि सुचिकृत भएका थिए ।


यसकारण बलिया देखिए लामा
विगतको स्थानिय निर्वाचनमा मेयरको टिकट पाएका लामा अन्तत कांग्रेसकै यादव नेपालले केन्द्रिय सभापतिको हस्ताक्षर सहितको टिकट ल्याएपछि उनले मनोनयन र्फिता लिएका थिए । त्यस समय नुवाकोटको गाउँपालिका र नगरपालिका मा दिईने टिकट कांग्रस नेता प्रकाशमान सिंहको जिम्मेवारी पार्टीले तोकेको थियो । नेता सिंहद्धारा हस्ताक्षर गरिएको टिकट निर्वाचनको अन्तिम नामावली प्रकाशनको समयमा अमान्य बनाईएको थियो ।


बेलकोटगढी नगरपालिकामा जनजाति समुदायको बाहुल्यता रहर्दै आएको छ । लामा पनि सोहि समुदायको साथै पुराना र त्यागी नेता भएकै कारण उनी प्रति सबैको सहयोग हुने देखिन्छ । कांग्रेस तर्फ बेलकोटगढी कै मेयरमा अन्य आकांक्षिहरु पूर्ण गजुरेल, शिव दाहाल, एस.के नेपाल, बैकुण्ठ पाण्डे, कृष्ण पाण्डे र अक्कल बहादुर ढुंगाना(श्याम) लगाएत पनि आफू उम्मेदवार नबन्ने हिसावले पुरानै र बरिष्ठ नेतालाई स्वीकार गर्ने मनसायमा रहेको देखिन्छ ।


२०७४ का प्रत्यासी नेपाल पनि लामा संगको तित्तता मेट्ने मनस्थीतिमा रहेको पाईन्छ । उनी आफूले टिकट नपाउँदै गर्दा अघिल्लो निर्वाचनमा आफ्नो कारणले अपमानित महशुस गरेका लामालाई स्वीकार गरी विगतको तित्तता मेट्ने मनोसायमा रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्