बाटोको असुविधाका कारणले स्थानीय वासिन्दाले विभिन्न समस्याहरु भोग्दै: दिनेश कार्की क्षेत्रीय प्रतिनिधि नेपाली कांग्रेस धादिङ्ग

| २०७८ चैत ११ गतेमा प्रकाशित

दिनेश कार्की,धादिङ्ग ।

No description available.

बिकासको पुर्वाधार भनेको बाटो हो र हाम्रो धुनिवेशी नगरपालिका बाट काठमाडौको दुरि जम्मा १२ कि।मि रहेको छ।यति नजिक भएता पनि बाटोको असुविधाका कारणले गर्दा त्यहाको स्थानीयहरुले अत्यन्तै टाढा महसुस गरेका छन् ।

बर्खाको समयमा बाटो पहिरो जाने,हिलो तथा चिप्लोका कारण काठमाडौ जाने अवस्था नरहेको र हामी नाकावन्दी परिस्थिति रहेका छौं ।१२कि.मि को दुरि पैदल यात्रा गर्दा लगभग साढे २ घण्टा भए पनि शिक्षा तथा रोजगारीका यहाँका स्थानीय बासिन्दाहरु महँगो कोठा भाडा तिरेर बस्न बाध्य भएका छन् ।

त्यसैले यहाँको बाटोको स्तर उन्नति हुने हो भने धुनिवेशी नगरपालिका-१ विकासको विकासले ठूलो उपलब्धि तथा फड्को मार्ने थियो ।

त्यस्तै,शिवपुरी वन्यजन्तु संरक्षण आरक्षणले गर्दा धुनिवेशी नगरपालिका-१ का एक्का पट्टी भेगका स्थानीय वासिन्दाहरुलाई बिहान ६ बजे भन्दा अगाडि र साझ ६ बजे पछाडी आवत जावत गर्न अत्यन्तै कठिनाई भएको छ।
यस सम्बन्धित निकायले आवज नउठाइदा यहाँका स्थानीयहरुले समस्याहरि भोक्दै आएका छन् ।


यी सम्पुर्ण समस्याहरुलाई समाधान गर्न स्थानीय निर्वाचन नजिकदै आएको छ र अब आउने स्थानीय निर्वाचन मार्फत विभिन्न पार्टीहरुमा आस्था राख्ने व्यक्तिहरु हुन्छन्।स्थानीय निर्वाचनमा पार्टी भन्दा नि व्यक्ति लड्ने भएकाले हामी पार्टी भन्दा माथी उठेर सक्षम,निस्वार्थ भावना भएको र इमान्दार व्यक्तिलाई हामिले चिनेर मतदान गर्न सकेको खण्डमा बाटो,यातायात पुर्वाधार तथा शिक्षा लगायतको क्षेत्रमा धुनिवेशी नगरपालिका(१ले विकासमा ठूलो फड्को मार्ने थियो।

प्रतिक्रिया दिनुहोस्