स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा रामचन्द्र गजुरेलको दाबि

| २०७८ चैत १२ गतेमा प्रकाशित

नुवाकोट ।

inbound5659506293691604849-kuadUoKE2LsLnO7ZX0lpTnTxmCcstCIP2gtYOVaa.png

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यतिबेला गाउँगाउँमा विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीति दलबाट वडा तहदेखि पालिकासम्म उम्मेदवारी घोषणाको लर्को लागेको छ ।

बैदेशिक रोजगारी सिलसिलामा विदेस समेत काम गरेर फर्किएका गजुरेल अब युवाहरु राजनितिक नेतृत्वमा हस्तक्षेपकारी भुमिकामा आउनुपर्ने विचार राख्छन् ।नयाँलाई प्रोत्साहन र पुरानालाइ सम्मान गदै अधि बढुनुपर्छ।व्यक्तिगत प्रगति मात्र ठुलो कुरा होइन समाजमा सकारात्मक परिवर्तन र युवाहरुलाई स्वदेश मै बस्ने वातावरण सिर्जना गर्न युवाहरु नै स्थानिय तहको नेत्तृवमा पुग्न जरुरी रहेको उनको भनाइ छ ।

पालिका र वडास्तरमा समेत मेयर र वडाध्यक्ष लागि पनि अब युवाहरुको हस्तक्षेप आवस्यक रहेको उनले बताए नजिकिदै गरेको आगामी स्थानीय निर्वाचनमा विभिन्न पार्टिबाट दाबेदारी गर्नेहरुको चर्चा चल्न थालेको छ । सो क्रममा बेलकोटगढी वडा नं ९ मा नेकपा एमालेबाट आगामी निर्वाचनमा वडाअध्यक्षका लागि रामचन्द्र गजुरेलले दाबी गरेका छन् । मिजासिलो र हसिलो गजुरेलले गाउँ र ठाउँको विकासका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

देशमा रोजगारी सिर्जना हुन नसकेको र हरेक बर्ष युवा विदेश पलाएन हुनु यो वडाको लागि मात्रै नभै समग्र देसको निम्ति चिन्ताको बिषय हो१ राजनीतिले त्यसलाई गाँजेको भन्दै आफूले त्यस्ता कुरा चिर्नका लागि उम्मेदवारी घोषणा गर्न लागेको बताउँछन् ।नेकपा एमाले बेल्कोट्गढी नगरपालिका नगर सदस्य समेत रहेका गजुरेल विद्यार्थी  राजनिती सुरु गर्नु भएको गजुरेल द्दण्ठण् साल बाट स्थानीय राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।

सक्षम व्यती नेतृत्वमा नपुग्नाले हरेक बर्षको नगर बजेट तथा वडामा आउने बजेट आवश्यकत्तालाई मध्यनजर गरेर बजेट निर्माण गर्न नसक्दा वालुवामा पानी खनाए जस्तै भएको छ। यी यस्ता यवावत कुराहरू समस्या समधान, समृद्ध समाज तथा शुखी वडा निर्माणको लागि हरेक पालिकामा युवा पुस्ता अघि बड्नुको बिल्कप नभएको उहाँ बताउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट