फोहोर मैला ल्याण्ड्फिल साईड सिसिडोलमा आगोलागी,स्थानीय सरकारले ध्यान नपुर्‍याउंदा जनतालाई सास्ती

| २०७८ चैत १६ गतेमा प्रकाशित

धादिङ।

inbound6906112595963826062-4UbmuB1XPFMnv0ZTxk5NBbve3P1Ov6Kz3fHe6ozy.jpg

धादिङ्ग र नुवाकोटको सिमानामा पर्ने सिसिडोल ल्याण्ड्फिल साइडमा अव्यवस्थित तरिकाबाट फोहोर फाल्दा आगोलागी भएको छ।यो आगोलाई समयमा नियन्त्रण गर्न नसकेको भए विस्फोट भएर वरिपरि रहेका गाउँ तथा वस्तीहरुमा ठुलो मात्रामा भौतिक तथा मानवीय क्षति हुन सक्थ्यो ।

inbound5988190634733446801-GQ2dJ5NmbDuC4YhZ7dNuHTQMX3GmXwWfuELpB6El.jpg

नेपाल सरकारको लापरबाही तथा स्थानीय जनप्रतिनिधिहरुको उदाससिनताले गर्दा आवतजावत गर्ने बाटोमा नै फोहोर फाल्दा कठिनाई भएको छ भने बर्खाको समयमा बाटो बन्द नै हुने भएकाले उक्त बाटो प्रयोग गर्ने वासिन्दाहरुले नाकावन्दी को अवस्था भोक्नु परेको छ ।

inbound7915008165325550791-JqhjVvwL0O7skl8IcEt2nGKK7J1hyLAn27LsBliv.jpg

सिसिडोलको फोहोरलाई उचित समयमा नै व्यवस्थापन नगर्ने हो भने सिन्धुपाल्चोकमा पहिरो गएर डुबानमा परेको जस्तै फोहोरले खोला थुनेर सिसिडोल वरिपरिका गाउँ तथा वस्ती पुरै डुबानमा पर्न सक्ने छ।

स्थानीय सरकारले फोहोरको समस्या समाधान गर्न कति पनि चासो नदेखाएको कारणले गर्दा यस्ता खालका समस्याबाट उक्त ठाउँका जनताहरुले अब हुने स्थानीय निर्वाचनमा योग्य सक्षम र निस्वार्थ व्यक्तिलाई जिताउन नसकेको खण्डमा यो भन्दा विकराल समस्याहरु भोक्दै जानू पर्ने छ।

विगत लामो समयदेखि यस्ता खालका समस्या भोग्दै आएका जनताहरुले निर्वाचनको समयमा आफ्नो जातिको अरुको जातिको,नजिकको टाढाको,नाता परेको नाता नपरेको तथा आफ्नो मान्छे अरुको मान्छे भन्दा माथी उठेर सक्षम र ईमान्दार व्यक्तिलाई मतदान गर्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट