नेपाली कांग्रेस तार्केश्वोर नगरपालिका-४ वडा कार्यसमितिको घर घर जाऔं कांग्रेस जिताऔं कार्यक्रम सम्पन्न

| २०७८ चैत १८ गतेमा प्रकाशित

inbound1195424756491755677-nbEavtVAs227EesOlKMc4HHn5ijEZDuGCcUTSLEm.jpg
काठमाडौं।

नेपाली कांग्रेस तार्केश्वोर नगरपालिका(४ वडा कार्यसमितिको आयोजनामा घर घर जाऔं कांग्रेस जिताऔं कार्यक्रम नेपाली कांग्रेस वागमति प्रदेश सदस्य तथा विदेश विभाग प्रमुख सविन तामाङ्गको प्रमुख अथितीमा सम्पन्न भएको छ ।
inbound6984232668960695243-mNvrJJbdwbTQ1qxPPNtSNyzqWyPFJ6DQpee2P5rr.jpg
कार्यक्रम लोलाङ्ग जय नेपाल चोक बाट र्याली प्रारम्भ भई पुरानो गुहेश्वोरी मन्दिर परिसरमा पुगेर स्थगित भएको छ।

 inbound2929687098204327294-fWA2XbHnpEOz7DgVjydyq9slqocgW397dO4JnGB9.jpg

तार्केश्वोर नगरपालिका -४ वडामा नेपाली कांग्रेसको जरुरत रहेको र आगामी चुनावमा जिताउनका लागि कार्यक्रम आयोजना गरेको बताएका छन् ।

 inbound6541514280243860504-8drvm6etLtwTD01SupVDFdHplpSFrd239T9DbWpA.jpg

पार्टीमा एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने र पार्टीमा केहि आन्तरिक समस्या सतहमा आएपनि त्यस्त समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने तार्केश्वोर नगरपालिका(४ वडा कार्यसमितिको उपसभापति जीवन रानाले वताएका छन् ।

inbound6995854634836214121-BlPviT1QrBdzEIKRhAuVjYatKQhZ61MljXw64gvR.jpg

नेपाली कांग्रेसले युवा भित्रको निरोगीपन जोश जागर र साहस तथा युवा शक्ति र विचारको सहि मुल्यांकन गरेर आगाडी बढे आगामी चुनावमा जित सुनिश्चित रहेको समेत बताएका छन् ।

 inbound8836161288184605169-dsYzRzhxE8vePk49jAOfvMjYrFLeQxhPp8R18VUk.jpg

वडा वडामा संचालन भईरहेको विकृति विसङ्गति तथा भ्रष्ट आचार विरुद्धमा बोल्ने आवाज नेपाली कांग्रेसको प्रतिनिधित्वको हो भनेर महाधिवेशन प्रतिनिधि सुशील भट्ट ले कार्यक्रममा बताएका छ्न् ।

 inbound6565597184466320287-OjzDDeaSYjzZkFMLBci4CfziVhALSTv5bhw0quK2.jpg

तार्केश्वोर नगरपालिकामा नेपाली कांग्रेस लाई जिताउन सबै जना एकजुट भएर लागि पर्न जरुरत रहेको र सक्षम सवल तथा निस्वार्थ भावना भएको व्यक्तिलाई आगामी चुनावमा जिताउन लागि पर्न आवश्यक रहेको नेपाली कांग्रेस तार्केश्वोर नगरपालिका युवा नेता तथा महाधिवेशन प्रतिनिधि मनोज रानाले बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट