चन्द्रागिरि नगरपालिकाको मेयरमा राप्रपाबाट यी हुन आकांक्षिहरु

| २०७८ चैत १८ गतेमा प्रकाशित

काठमाण्डौँ, चैत्र १८
देशभर स्थानिय निर्वाचनको सरगर्मी बढ्दै गएको छ । आगामी वैशाख ३० गते देशभर एक साथ स्थानिय निर्वाचन हुने भए संगै हरेक पार्टीका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भएका छन् । कुन पार्टीबाट कस्ले टिकट पाउँछ भन्ने जनचासो बढिरहेको छ ।

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आमागी स्थानिय, प्रदेश र संघिय निर्वाचनमा अन्य शिर्ष दललाई पछि पार्दै आफू अग्र पंक्तिमा आउने तयारीमा रहेको छ । देश भर आम सभा र पार्टी प्रवेश गराउने कार्यमा केन्द्रीत देखिन्छ । सोहि सन्र्दभमा काठमाण्डौँको चन्द्रगिरि नगरपालिकामा पनि राप्रपाबाट कस्ले टिकट पाउने भन्ने कुरा चासोको विषय बनेको छ ।

राप्रपामा आगामी निर्वाचनमा स्वतन्त्र व्यक्तिले पनि उम्मेदवारीता दिन सक्ने व्यवस्था भएकाले पार्टीमा लामो समय देखि सक्रिय सहभागि भई काम गर्नेहरु आफूले टिकट पाउनु पर्छ भन्दै शिर्ष नेताहरु संग लबिङ गर्र्दैछन् ।

राप्रपाबाट चन्द्रागिरि नगरपालिकाको मेयरमा आकांक्षि उम्मेदवारहरु

277455347-524847632332924-4482575760445781221-n-7k9QP9kPzJkXRceieHNS7XcukZ3PrgZhNYFlNJHa.jpg
रन्जन कुमार गिरि
चन्द्रागिरि नगरपालिका वडा नं ६ मा घर भएका गिरि २०६४ साल देखि राप्रपामा सक्रियताका साथ राजनिति गर्दै आएका छन् । ६४ साल देखि ईकाई सदस्य, वडा अध्यक्ष हुदै हाल नगर अध्यक्ष समेत रहेका छन् । उनी गत स्थानिय निर्वाचनमा वडा अध्यक्षको प्रत्यासि समेत हुन् । साथै व्यवसायिक र सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन् ।

277448774-1350128378799504-6828043357011189068-n-qmZ7P8x6DRdmfDFieB9OsDUOcSJPE1cOj4yChq2K.jpg

अजय श्रेष्ठ
चन्द्रागिरि नगरपालिका वडा नं ९ का श्रेष्ठको पारिवारीक राजनीति पृष्ठभूमि राप्रपा रहेको र विगतको समय देखि नै सक्रिय राजनितिमा होमिएका छन् । उनी इकाई सदस्य, वडा अध्यक्ष हुदै हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका श्रेष्ठ गत निर्वाचनको प्रत्यासि वडाध्यक्ष समेत हुन । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् ।

277477585-1173447903423183-3492442495818788026-n-qZExRf6cwl9OKMCAmrRwHjPYqRZzkd9cvXHIexJy.jpg

दिलिप कुमार कार्की
चन्द्रागिरि नगरपालिका वडा नं १५ का कार्की राप्रपामा रहेर सक्रिय राजनीति गर्दै आएका छन् । २०६४ सालमा पार्टीको इकाई सदस्य हुदै ६८ सालमा क्षेत्रिय सदस्य भई काम गरि सकेका छन् । २०७२ मा क्षेत्र नं ९ को पार्टीको युवा संघको अध्यक्ष भएर समेत काम गरेका छन् । उनी हाल क्षेत्र नं ९ प्रदेश (ख) को अध्यक्ष समेत हुन् । गत निर्वाचनमा वडाध्यक्षको प्रत्यासि समेत रहेका कार्की राजनीति संगै विभिन्न सामाजिक संघ संस्था र व्यवसायिक क्षेत्रमा पनि आवद्ध रहेका छन् । उनी रुकमनि फाउण्डेसनका अध्यक्ष, गडीमाई हातेमालोको सचिव, गडीमाई हातेमाला कृषि फर्मका संचालक एवम् एक सफल व्यवसायि पनि हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट