खोटाङको रावा बेसी गाउँपालिकाको अधिकांश वडामा जनताहरुको एमाले प्रति बढ्दो आकर्षण

| २०७८ चैत २१ गतेमा प्रकाशित

 

चैत २१,काठमाडौं
केशब श्रेष्ठ

स्थानिय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा यतिबेला ठाउँ ठाउँमा स्थानीय तह निर्वाचनको चहलपहल सुरु भएको छ । आगामी बैसाख ३० गते सरकारले स्थानिय तह निर्वाचन तय गरेसँगै खोटाङको रावा बेसी गाउँपालिकामा चुनावी चहलपहल बढेको हो ।

खोटाङको रावा बेसी गाउँपालिकामा नेकपा एमालेको सक्रियता बड्दो रहेकोले आगामी चुनावमा जितको उच्च सम्भावना रहेको छ। आगामी चुनावका लागि गाउँ टोल समिती गठन देखि विभिन्न पार्टी प्रवेशका कार्यक्रमहरु धमाधम जारी भै रहेको छ।

पालिका भित्र का सबै वडा बाट गाउपालिकाको कार्यलय जान को लागि सडक सन्जाल ले जोड्ने , काठको पोल मुक्तगरी फलामे पोल ब्यबस्थापन गरि बिधुत ब्यबस्थापन राम्रो गर्ने , बिधायल भबन हरु निर्माण भएको र गाउपालिका भित्र सेन्चुरी बैन्क र राष्ट्रिय बाणिज्य बैक स्थापना गर्न पार्टी सफल भएको छ ।

जनजिबिकाको सवाल मा ५ बर्से कार्यकाल मा उल्लेख्य काम गरिरहेको र बाकिरहेको काम आगामी निर्बाचनमा जित भएसङै पुरागर्ने पर्टीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट