स्थानीय तह निर्वाचन आउन ११ दिन मात्र बाँकी,७६ जिल्लाको मतपत्र छापियो

| २०७९ बैशाख १९ गतेमा प्रकाशित

१९ वैशाख, काठमाडौं

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार तय गरेसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलो कार्यक्रममा सक्रिय हुन थालेका छन्।

३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबारबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाइ काम सुरु हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाइको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

अहिले सम्म एक करोड ४५ लाख ८० हजार मतपत्र छापिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट