कार्यकाल भरी कुनै पनि सेवा सुविधा नलिने बेलकोटगढी १३ का स्वतन्त्र उम्मेदवार लामाको उद्घोस

| २०७९ बैशाख २० गतेमा प्रकाशित

महेन्द्र अधिकारी
२० वैशाख, काठमाडौं

मुलुकका ७५३ वटै स्थानीय तहमा राजननीतिक दलबाट उम्मेदवारी मनोनयन दर्तासँगै मुलुकको वातावरण निर्वाचनमय बन्न पुगेको छ ।

यही वैशाख ३० मा हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तह निर्वाचन आउन अब १० दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई अझै तीव्र पारिरहेको छ भने राजनीतिक दल र तिनका कार्यकर्ता चुनावी मैदानमा होमिएका छन् ।

यसैमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ को वडा अध्यक्षमा नेपाली कांग्रेस बाट (बागी) मा सोम बहादुर लामा चयन भएका छन् । उनि एक समाज सेवाका रुपमा परिचित छन् ।

बेलकोटगढी नगरपालिकाको निर्वाचन निकै चासोको रुपमा हेरिएको छ । यसपालि नेपाली कांग्रेसले पनि देशैभरी बलियो उपस्थिति जनाइरहेका बेला बेलकोटगढीमा पनि बलियो आधार खडा गरेको छ ।

नेपाली कांग्रेस (बागी) बाट बेलकोटगढी १३ मा लामा व्यापक चुनावी प्रचार प्रसारमा लागिसकेका छन् । उनले त्यस क्षेत्रका स्थानीयको समस्या बुझेर समृद्द वडा बनाउन विभिन्न प्रतिबद्दता जनाएका छन्।

उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन् । लामाले आफु निर्वाचित भए उक्त कार्यकाल भरी राज्यबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने र जनताको सेवामा नै दिन रात नभनी खटिने बताएका छन् ।

लामा स्थानिय जनताको बीचमा निकै लोकप्रिय रहेका छन् । उनि विगत लामो समयदेखि विभिन्न समितिमा रहदै थुप्रै विकासका कामहरु अघि बढाएका छन्। त्यस क्षेत्रमा विकासकासप्रेमी नेताको रुपमा परिचित छन् ।

उनको लगनशीलता,दक्षता र कार्यकुशलताले उनि वडाका हरेक गतिविधिमा आफु र आफ्नो टिमलाई खरोरूपमा उतार्ने गरेका छन् । उनि निकट श्रोतका अनुसार लामाको जीत सुनिस्चित रहेको बताउँदै आएका छन्।

राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने लामाले अन्य विपक्षी दलहरुका कार्यकर्ताको मत तान्न सक्ने बेलकोटगढी १३ मा चर्चा हुन् थालेको छ।

नेपाली कांग्रेसले विशेषगरि भ्रस्टचारको अन्त्य, सुशासन र देश विकासको विषयलाई मूल एजेन्डा बनाएको छ। उसले भ्रस्टचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो भन्दै यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट