बेलकोटगढी ७ को चुनावस् नेपाली कांग्रेस भुवनेश्वर समूहको सक्रियताले आत्तिए विपक्षी

| २०७९ बैशाख २५ गतेमा प्रकाशित

नुवाकोट- बेलकोटगढी नगरपालिका वडा नं ७ को निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बौद्धिक तथा युवा उम्मेदवार भुवनेश्वर नेपालको सक्रियताले विपक्षीहरूको तनाव सुरु भएको छ।

खासगरी समृद्ध वडा बनाउने अठोट लिएर चुनावी मैदानमा होमिएका उनको पछाडि स्वतःस्फूर्त रूपमा घरदैलोमा निस्किएका सयौँ जनताहरू विपक्षीको टाउको दुखाई बनेका हुन् । विकास भनेको ढल, पानी, बाटो मात्र हो भन्ने मान्यता बाट माथि उठेर शिक्षा, स्वास्थ्य र पर्यटनका साथै अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने यी युवा उम्मेदवारको सोच छ।

उनकै पहलमा वडा नम्बर ७ भित्र सिंचाइ, सडकको नाली कटानजस्ता कार्यहरू सम्पन्न भएका छन् । गुणस्तरीय र व्यावहारिक मात्र नभई संस्कारी शिक्षा चाहिन्छ भन्ने अवधारणा लिएका नेपाल वडाका लागि दरिलो उम्मेदवारका रूपमा गनिएका वडाबासीहरूले बताएका छन् । 

त्यस्तै, वडामा सामाजिक विकासका लागि महिला ,जेष्ठ नागरिक ,युवा लक्षित विभिन्न कार्यक्रमहरू गरेको वडा नं ७ ले स्थानीय जात्रा तथा पर्वहरूको संरक्षण, सञ्चालन र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा सबैका लागि, हाम्रो अभियान संस्कारयुक्त शिक्षा प्रदान, आफ्नो गाउँ आफैँ बनाऔँ, सूचनामा सहजता आजको आवश्यकता, सफल व्यवसाय कृषि समूदाय,  महिला सुरक्षा र अधिकार समान भागिदार, जेष्ठ नागरिकको सम्मान सभ्य नागरिकको पहिचान, हाम्रो संस्कृति हाम्रो पहिचान, वातावरण तथा पर्यटनस “जनताको वन जनताकै धन“ जस्ता अवधारणा र नारालाई नेपालले व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

वडाको समग्र विकासका लागि नेपाली काङ्ग्रेसले जित्नुपर्ने र त्यसो भएमा वडावासीको हकहितमा आफूले नियमसङ्गत काम गर्ने प्रतिबद्धता गरेका नेपाल वडामा सुशासन कायम गर्ने गरी आफूले  काम गर्ने बताउँछन्।

त्यस्तै केन्द्रीय सरकारबाट प्रदान हुने सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउने उनको योजना छ । घरदैलोको क्रममा वडावासीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको उनी बताउँछन् ।

 

विभिन्न सामाजिक कार्यमा सधैँ अग्रसर र सक्रिय रहेका नेपाल सामाजिक तथा कृषि क्षेत्रमा समेत क्रियाशील छन् । वडामा स्वच्छ छवि भएका व्यक्तित्वका रूपमा उनलाई चिनिने गरिन्छ ।

यही सक्रियता र व्यक्तित्वका कारण उनले शत प्रतिशत चुनाव जित्ने अधिकांश वडावासीको भनाइ छ । वडामा उनको समूहमा महिला सदस्य गमला लामा, दलित महिला सदस्य लक्ष्मी सुनार र खुल्ला सदस्यहरू सालिकराम लामिछाने र मनवीर मिजार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट