गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार हर्कराज बने धरान उपमहानगरको मेयर

लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्।

| २०७९ जेठ ८ गतेमा प्रकाशित

काठमाण्डौँ- सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका छन्।

उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए। यहाँ नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए। उनले १७ हजार छ सय छ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्