पिडामा मलम बन्ने अध्यक्ष रिजालको त्यो पहिलो निर्णय

| २०७९ जेठ १० गतेमा प्रकाशित

काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउपालिकाका नवनिर्वाचित अध्यक्ष मेघनाथ रिजालले पहिलो निर्णय नै पिडितको पिडामा मलम लाग्ने गरेका छन् । पदभार ग्रहण पश्चात उनको पहिलो निर्णयले अधिकांश मानिसलाई राहत पुग्ने देखिन्छ ।

उनले गाउँपालिका भित्र बसोबास गर्ने असाहय, गरिव, उत्पीडन वर्ग, दलित, अल्पसंख्यक समुदायका मानिसहरुको मृत्यु भएमा शव दाह संस्कार र आफ्नो परम्परा अनुसार काजक्रियाका लागी दश हजार दिने निर्णय गरेका हुन् । सोमबार जिल्ला समन्वय समितिको हलमा प्रमुख निर्वाचन अधिकृत बाट सपथ लिएका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष रिजालले आफ्नो पांच बर्षे कार्यकालमा नेत्रावती डबजोङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने समेत अठोट राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्