पहिलो दिन नै सिसडोल र बञ्चरेडाँडा पुगे मेयर बालेन

| २०७९ जेठ १३ गतेमा प्रकाशित

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नगरप्रमुख (मेयर) मा नवनिर्वाचित बालेन्द्र साह (बालेन) धन्यवाद ज्ञापन र्‍यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्। 

उनी आफ्नो चिरपरिचित पहिरन अर्थात् कालो टी-शर्ट‚ कालै पाइन्ट र कोटमा देखिएका थिए। उनले त्यहाँ स्थानीयहरूसँग पनि कुराकानी गरे।

balenn-sammv6ku6z-evKnsws2zu6gTUxVAFrIaO86dZzDFBPCsUsZXcaQ.jpg

फोहोर काठमाडौँ उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका छन्।

बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्