काठमाडौं- वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो ।
‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’ कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्