नौकुण्डका सर्वसाधारणको जीवनस्तर विकास नभए सम्म रसुवाको विकास सम्भव छैन र मानिदैन

| २०७९ असार १९ गतेमा प्रकाशित

रमेश तामाङ- रसुवा जिल्लाको पाँच वटा गाउँपालिका मध्ये सबैभन्दा विकट मानिने गाउँपालिका हो नौकुण्ड गाउँपालिका । स्रोत साधनको हिसाबले रसुवा नेपालकै धनी जिल्लाको रुपमा देखिए पनि यहाँको फितलो नीति नियम, असक्षम नेतृत्व र अराजक राजनीतिका कारणले ,अशिक्षा ,गरिवि ,बेरोजगारी ,विदेशिने क्रम झनझन बढ्दै गएकालेमा एकदमै चिन्तित छु । हाइड्रोपावर ,पर्यटन ,जडिबुटी ,कृषि र पशुपालनको प्रचुर सम्भावना भए पनि नेतृत्व असक्षमको हातमा पुगिरहेकोले जहिल्यै रसुवा ओझेलमै परेको छ । यस भित्रमा पनि सबैभन्दा गरीवि र विकट मेरो जन्म थलो नौकुण्ड गाउँपालिका पर्दछ । यसमा ६ वटा वडाहरु छन ।

नेपाल संघियताको संरचनामा आइसकेपछी स्थानीय सरकारको एक कार्यकाल भरिमा पुर्वाधार क्षेत्रमा विकास थोरै भए पनि प्रत्येक वडाबाट पालिका सम्म जाने सडक भने ६ महिना चल्ने ६ महिना नचल्ने भएकोले जनजीवन अस्तव्यस्त नै भइरहेको छ । किनभने पुर्वाधार विकासको मेरुदण्ड नै सडक हो ।

ठाउँ ठाउँमा सडक निर्माण भए पनि समयमै,नाली,जाली, पक्की पुल नहुदा सबै सडक अस्तव्यस्त भएर विभिन्न ठाउँको बस्तीहरु समेत जोखिममा परे पनि यसको व्यवस्थापनमा स्थानीय सरकार चुकेको छ । मानव जीवनको अभिन्न अंग मानिने नौकुण्डको शिक्षा नीति पनि गुणस्तरहिन बन्दै गएको छ । साधारण बिरामी हुदा चेकजाँच गर्न ,एक्सरे ,सुत्केरी हुदाँ समेत नुवाकोट जानुपर्ने बाध्यता छ । एउटा अस्पताल समेत निर्माण गर्न सकेको छैन ।

कृषि क्षेत्रमा पर्याप्त मात्रामा सिंचाइ नहुदा बर्षातको पानीमा निर्भरताले जनजीवन खस्किएको छ । यसमा पनि समयमा बीउ बिजन,रासायनिक मल अभावले कृषक प्रभावित छन । पर्यटनमा सम्भावना भए पनि यसक्षेत्रमा पर्याप्त मात्रामा बजेट तथा अनुसन्धानको व्यवस्थापन नहुदा यहाँका पर्यटकीय सम्भावना बोकेमा क्षेत्रहरु ओझेलमा परेका छन् । युवाहरुमा भएको सीप,क्षमताको सहि सदुपयोग र अवसरबाट बञ्चित भए पछि दिनानुदिन बिदेशीने क्रम बढ्दै गएको छ ।

जिल्ला भरमा उत्पादन भएको हाइड्रोपावर को शेयर प्रभावित क्षेत्रमा बढी र अप्रभावित क्षेत्रमा कम अनुपातमा नभइ जिल्लावासी सबैलाई बराबर अनुपातमा शेयर बाडफाट नभए सम्म रसुवाको समग्र सर्वसाधारणको जीवनस्तरमा परिवर्तन हुन सक्दैन । एक व्यक्ति एक सय कित्ता शेयर नीति ल्याउन अपरिहार्यता छ । चीन संगको प्रमुख व्यापारीक अन्तर्राष्ट्रिय नाका समेत यसै जिल्लामा हुदाँ समेत विकाशमा पछी पर्नु आफैमा दुखत विषय हो ।

उल्लेखित विषयवस्तु साथै थप अन्य क्षेत्रमा हामी सचेत वर्गले बेलैमा सोचेर उपयुक्त खालका रणनीतिक योजनाको साथ अघि नबढेमा हाम्रो नौकुण्ड राम्रो रसुवा ठूलो संकटमा पर्ने प्रस्ट देखिन्छ । बेलैमा विचार पुर्‍याउन सबै क्षेत्रमा नेतृत्व गरिरहनुभएका नेतृत्व पंक्तिमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट