समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्दा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने

| २०७९ पौष २ गतेमा प्रकाशित

काठमाडौँ- जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले जिल्ला तथा कार्यक्षेत्र छोड्न पूर्व स्वीकृति लिनु पर्ने भएको छ । मनलाग्दी बिदा लिने तथा जानकारी बिना नै जिल्ला तथा कार्यक्षेत्र छोड्न थालेसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनिवार्य पूर्व स्वीकृति लिन परिपत्र गरेको हो । 

आफू खुसी कार्यक्षेत्र छोड्दा सेवा प्रवाहमा अफ्ठेरो परेको गुनासो पछि मन्त्रालयले यस्तो निर्णय गरेको उपसचिव रविन्द्रजङ्ग थापाले जानकारी दिए । को कहाँ गए भनेर जानकारीसमेत नहुने अवस्था पछि मन्त्रालयले यस्तो परिपत्र गर्नुपरेको उनको भनाई छ । 

‘विभिन्न जिल्लाका जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले पूर्व स्वीकृति(बिदा समेत) र जानकारी बिना जिल्ला तथा कार्यक्षेत्र छाडी सेवा प्रवाहमा असर परेको भनी गुनासो प्राप्त भएकोले अब उप्रान्त यस मन्त्रालयको पूर्व स्वीकृति बेगर जिल्ला/कार्य क्षेत्र नछोड्न हुन आदेशानुशार अनुरोध छ’ देशभरका सबै जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय तहलाई गरिएको परिपत्रमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट