वेपत्ता पारिएको व्यक्तिको परिवारलाई विदुर नगरपालिकाद्धारा आर्थिक सहयोग

| २०७९ माघ ३ गतेमा प्रकाशित

नुवाकोट- द्धन्दको समयमा वेपत्ता पारिएका विदुर नगरपालिका वडा नं ४ निवासी रामजि रेग्मिको परिवारलाई विदुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । मंगलवार मेयर राजन श्रेष्ठले ५० हजार रुपैयाँको चेक प्रदान गरेका हुन् ।

वेपत्ता परिवार छानविन गर्न नेपाल सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरि उत्त आयोगले विदुर नगरपालिकाको वेपत्ता पारिएका व्यक्तिको विवरण पठाएको र आयोगले स्थानिय तहबाट विभिन्न किसिमका सहयोग दिन सिफारिस गरि पठाएको हुदाँ रेग्मीको परिवारलाई जिवन निर्वाहको लागि आर्थिक सहयोग गरिएको मेयर श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट